कारभित्र भेटिएका ३ बाललको पो’ष्टमार्टम रिपोट आयो, रिपोर्टले यस्तो देखाएपछि प्रहरी भन्छ ‘घ’ट’ना र’ह’स्यम’य छ

तुलसीपुरमा भारतीय नम्बर प्लेटको कारभित्र फेला परेका तीन बालकको शवको पोष्टमार्टम रिपोर्ट आएको छ । प्रहरीले सो रिपोर्टमा तीनवटै बालकको शरिरमा कुनै चो ट नभएको जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

बालकका आफन्त र परिवारका सदस्यले भने घटना रहस्यमयी भन्दै अनुसन्धान राम्रोसंग गर्न प्रहरीलाई आग्रह गरेका छन् । पोष्टमार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरीरमा कुनै पनि चो ट पटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताएका छन् ।

दाङमा पोष्टमार्टम गर्ने विशेषज्ञ नभएका कारण बुटवलबाट विशेषज्ञ डाक्टर झिकाएर पोष्टमार्टम गरिएको थियो । चो ट वा घाउ खत केही पनि नदेखिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट अनुसार उनीहरुको मृत्युमा अरु कसैको संलग्नता छ भन्न नसकिने प्रहरीको भनाई छ । तर, लक गरि राखेको कार भित्र तीन बच्चा कसरी भित्र पसे भन्ने कुरा भने रहस्यमय रहेको एसपी चन्दले बताए ।

‘चालकले नै माघ १ गतेदिख कार लक गरि पार्किङमा राखेको हुँ भन्ने बयान प्रहरीलाई दिएका कारण घटना रहस्यम भएको प्रहरीको भनाई छ । लक गरेको कारमा उनीहरु कसरी गए भन्ने कुरा रहस्यम भएकाले अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पनि कारको लक तोडेरै तीन बालकको शव बैशाख १८ गते राति मात्रै निकालेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र बैशाख १८ गते बेलुका तीन मृ त अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस