कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमित हुँदाहुँदै बिरामीको सेवामा खटिएकी नर्स कमला नेपाली

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा काम गर्ने २४ वर्षीया नर्स कमला नेपालीलाई दोस्रो पटक कोभिड-१९ भयो।

तर पनि उनले कोभिडका बिरामीहरूको रेखदेख गर्न छाडेकी छैनन्।”मैले आफ्नो पीडा आफैँसँग लुकाएर बिरामीहरूलाई निको होस् … यहाँबाट बचाएर घर पुर्‍याउन पाऊँ भनेर काम निरन्तर गरिरहेँ,” उनले भनिन्।

उनलाई अस्पतालले छुट्टै बस्न क्याबिन दिए पनि बिरामीलाई आवश्यक देखेर स्वेच्छाले सेवा गरेको बीबीसी न्यूज नेपालीलाई बताइन्।सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन एक सङ्क्रमितले अर्को सङ्क्रमितलाई हेरचाह गर्दा जोखिम नहुने बताउँछन्।हेर्नुहोस् उनीसँग सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको यो भिडियो।

जसको पार्टनर यस्ता हुन्छन् ती पति/पत्नी भाग्यमानी हुन्छन्

सामिप्यता खोज्ने : पति वा पत्नीमध्ये कसले, कसको बढी सामिप्यता खोज्छ ? यसले पनि उनीहरुको मनोभाव बुझ्न सकिन्छ । जसले आफ्नो पार्टनर नजिक हुँदा बढी आनन्दित महसुष गर्छ, जो आफ्नो पार्टनरसँग अनेक वहानाले नजिकिन खोज्छ । स्पर्श गर्न चाहन्छ । पक्कैपनि उनीहरुमा पार्टनरप्रति बढी माया हुन्छ । उनीहरु बिहे, भोजमा होस् वा घुमघाममा, सिनेमा हेर्न होस् वा पारिवारिक जमघटमा आफ्ना पार्टनरको उपस्थिती खोज्छन् । पार्टनरको अनुपस्थितीमा खल्लो अनुभव गर्छन् ।

केयरिङ : हाम्रो मुड सधै एकनास रहँदैन । कहिले खुसी र कहिले दुखी भइन्छ । यस्तो अवस्थाबारे ख्याल राख्ने पार्टनरमा माया हुन्छ । यदि पति/पत्नी दुखी हुँदा त्यसबारे चासो राख्छ र उनलाई सामान्य अवस्थामा फर्काउने प्रयास गर्छ भने त्यस्ता पार्टनरमा माया हुन्छ । यस्ता पति/पत्नीले आफ्ना पार्टनरको स्वास्थ्य अवस्था के छ, दिनभर के खायो, के खाएन, औषधीको छुट्यो कि भन्नेसम्मका ख्याल राख्ने गर्छन् । त्यतीमात्र होइन, पार्टनरले लगाएको लुगा ठिक छ/छैन, गरेको काम सही छ/छैन भन्नेसम्ममा चासो राख्छन् । पार्टनरलाई जाडो भएको, भोकाएको, थाकेको सबै अवस्थाबारे बुझ्न खोज्ने पति/पत्नी मायालु हुन्छन् ।

खुसीको खोजी : पार्टनरको अनुहार सधै हँसिलो होस्, खसी होस् भन्ने चाह राख्ने पति/पत्नीलाई पनि सकारात्मक मान्नुपर्छ । यस्ता पति/पत्नी पार्टनरको खुसीमा आफ्नो खुसी खोज्छन् । पार्टनरको सुखमा आफु आनन्दाभूत गर्छन् । त्यतीमात्र होइन, पार्टनर के कुरामा खुसी हुन्छन्, के कुरामा रमाउँछन् त्यस्तै वातावरण बनाउने प्रयास गर्छन् ।

सकारात्मक भाव : कतिपय दम्पतीमा के हुन्छ भने, पति वा पत्नीले भनेको कुरालाई गलत व्याख्या गर्ने । गलत ढंगले बुझ्ने । यहि कारण उनीहरुमा मनमुटाव भइरहन्छ । यद्यपी पति/पत्नी जो आफ्नो पार्टनरप्रति सकारात्मक भाव राख्छन् । पार्टनरको भावनालाई सम्मान गर्छन् । पार्टनरले बोलेको, भनेको, सोचेको कुरालाई सकारात्मक रुपमा लिन्छन् । यस्ता पति/पत्नीले आफ्ना पार्टनरलाई माया गर्छ ।

सहयोगको भावना : अक्सर पति घरबाहिरको काम गर्ने, पत्नीले घरधन्दाको काम गर्ने पारिवारिक संरचना छ हामीकहाँ । घरधन्दाको काम गर्ने, बच्चा हेर्ने, खानपिन पकाउने जस्ता काम पत्नीको जिम्मामा लगाइन्छ । घर बाहिरको काममा पतिलाई अगाडि सारिन्छ । यस्तो अवस्थामा पति/पत्नीले आफ्नो पार्टनरको काम साझेदार गर्छन् भने उनमा अधिक माया हुन्छ ।

प्रतिक्रिया दिनुहोस