खुसीको खबर !! विश्वभरि रहेका १० लाख मानिसको अ’न्धोपन हटाउन सन्दुक र बेलायती अर्बपतिले गरे सहकार्य सम्झौता

विश्वका १० लाख मानिसको मो’तियाविन्दुको श’ल्यक्रिया गर्ने एक योजनामा तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दूक रुइत र बेलायती अर्बपति तेज कोहलीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा डा. सन्दूक रुइत-तेज कोहली फाउन्डेसन घोषणा भयो ।

यो फाउन्डेसनले १६ भन्दा बढी मुलुकमा अ’न्धोपन ह’टाउन काम गर्ने भएको छ ।

जसमा नेपालसहित भारत, इन्डोनेसिया, म्या’न्मार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, ता’न्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरिया लगायतका मुलुकमा अन्धोपन हटाउन काम गरिने भएको छ ।

बेलायती अर्बपति तेज कोहली लामो समयदेखि अ’न्धोपन ह’टाउने अ’भियानम सक्रिय छन् । मो’तियाविन्दुबाट दृ’ष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ ।

फाउन्डेसनले सन् २०२६ भित्रै चारलाख मानिसको श’ल्यक्रि’या गर्ने लक्ष्य लिएको छ । हाल विश्वका नौ करोड जनसंख्यालाई मो’तियाविन्दुको स’मस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस