एकै दिन नेपालमा थप २१४ जनाको मृत्यु पुष्टि ,बज्यो खतराको घन्टी

पालमा थप ८,९६० जनामा कोरोनाभाइरस सङ्क्रमण र २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।बिहीवार अपराह्ण मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

केही साताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।काठमाण्डू उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरस. . वैशाख ३० गते बिहीवार अपराह्णसम्मको विवरण.

बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो।देशभरि निको हुन बाँकी सक्रिय सङ्क्रमितको ठूलो सङ्ख्यामध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या ठूलो छ।

प्रतिक्रिया दिनुहोस