थाहा पाउनुहोस् ! कोरोना भाइरस सङ्क्रमणको सुरुवाती लक्षण जटिल भएको वा नभएको थाहा पाउने चार सङ्केत

बिबिसी । नेपालमा पछिल्ला दिनहरूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढ्ने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अस्पतालहरू खचाखच छन् भने होम आइसोलेशनमा नै बसेर उपचार गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ।

तर सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल कोरोनाभाइरसको सङ्क्रमण भए नभएको यकिन गर्न भने कठिन रहेको सङ्क्रमितहरू बताउँछन्।

सुरुवाती लक्षणहरु सामान्य भए पनि ज्योरो मान्द आएपनि तपाईलाई यो जटिलतामा पर्नुहुन्छ कि तपाईलाई सम्भावना हुन्छ कि कोभिड या निमोनिया जान सक्नुहुन्छ ।

जसका कारण स्वयम् सङ्क्रमित तथा उनीहरूका परिवारका सदस्यहरू त्रास तथा तनावबाट गुज्रिएको बताइन्छ। सुरुवाती लक्षणबाट नै आफूलाई जटिल वा सामान्य कोभिड छ भनेर पहिल्याउनका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा‌. ओममूर्ति अनिलले केही उपाय सुझाएका छन्।

थप ८१६७ जनामा कोरोना भाइरसको संक्रमण, १८७ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना कोरोनामुक्त भएको उल्लेख गरेको छ । मन्त्रालयले चौबीस घण्टामा १८७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा शनिबार २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार १४६ छन्। यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेका छन्। जसमध्ये १,३३१ जना बिरामी आईसीयूमा र ३७० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस