“काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बियो, यसपटक केही खुकुलो बनाईयो, खाद्य पसल”!!!!!

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ ।

बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय गरिएको भट्टराईले जानकारी दिनुभयो ।
यस्तै, निर्माणका काम पनि सञ्चालन हुने भएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यसअघि थपिएको निषेधाज्ञा केही कडाई गरिएको थियो । तर, अहिले थपिएको निषेधाज्ञा भने केही खुकुलो बनाईएको छ । यसपटक किराना पसल, डिपार्टमेन्टल स्टोरहरु खोल्न दिईने भएको छ ।

प्रतिक्रिया दिनुहोस