मुलुकभर ४ हजार ३४४ जनामा कोरोना पुष्टि, ५ हजार ७६८ द्वारा स्वास्थ्यलाभ

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६४२ जनाको परीक्षण गर्दा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४४९ जना र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना निको भएर घर फर्किएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा थप ८१ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस