फ्लोर क्रस गर्दा कारबाहीमा परेका कर्णालीका ४ सासंदको पद जोगियो (सर्वोच्चको आदेशसहित )

नेकपा एमालेले कर्णाली प्रदेश सभा सदस्यबाट हटाएका चार सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

फ्लोर क्रस गर्दा कारबाहीमा परेको नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका कर्णाली प्रदेशका चार सांसदको पद जोगिएको हो । सर्वोच्चको अन्तरिम आदेशसँगै एमालेको माधव नेपाल पक्षका सदस्यहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही प्रदेश सभा सदस्यमा पुनर्बहाली भएका छन् ।पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । उनीहरुमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका छन् ।

थापा दैलेख १ ‘ख’, ज्वाला सल्यान १ ‘ख’, शाही कालिकोट १ ‘क’ र बुढा डोल्पा १ ‘क’ बाट प्रदेश सभाबाट निर्वाचित भएका थिए।आज प्रकाशमान सिंह राउतको एकल इजलासले नेकपा एमालेको दशौँ महाधिवेशन राष्ट्रिय आयोजक कमिटीले प्रदेश सभा सदस्यहरूलाई हटाएको देखिएको तर महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएकाले प्रदेश सभा सदस्यबाट हटाउन नमिल्ने भन्दै अन्तरिम आदेश दिएको हो ।कुनै पनि सदस्यलाई हटाउनुअघि केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्नुपर्ने र चित्तबुझ्दो जवाफ नआएमा प्रक्रिया पुर्‍याएर हटाउन सकिने स्मरण गराउँदै अदालतले केन्द्रीय कमिटीको निर्णय नभइ महाधिवेशन आयोजक कमिटीको निर्णयलाई आधिकारिक मान्न नसकिने जनाएको छ ।

अन्सारीको पहलमा वीरगन्जमा २ सय परिवारलाई ह्यान्डपम्प
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको पहलमा वीरगन्जमा २ सय परिवारलाई ह्यान्ड पम्प वितरण गरिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगन्नाथपुरका २ सय परिवारलाई ह्यान्ड पम्प विरण गरिएको अन्सारीको निजी सचिवालयले जनाएको छ ।आयोगका अध्यक्ष अन्सारीसहित पर्साका प्रमुख जिल्ला पिताम्बर घिमिरे तथा वडाध्इक्ष ग्यासुद्दिन मियाँले ह्यान्ड पम्प वितरण कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।आयोगका अध्यक्ष अन्सारीको पहलमा माडवी संस्थाले ह्यान्ड पम्प वितरणका लागि करिव ५० लाख रुपैयाँ खर्च गरेको संस्थाका अध्यक्ष अञ्जु झाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस