‘खोप लगाएपछि मेरो शरीर चुम्बक बन्यो, फलामका सबै चिज टाँसिन्छन्’ (भिडियो)

काठमाडौं। भारतमा एक ब्यक्तिले अनौठो दावी गर्दै मिडियामा आएका छन् । उनका अनुसार हालै ति ब्यक्तिले कोभिड खोपको दुबै मात्रा लिएका थिए । त्यसपछि उनको शरीर चुम्बक बन्यो र हरेक फलामका बस्तु टाँसिन थाल्यो । यो घटना भारतको नासिकमा भएको दावी गरिएको हो।

त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले को रोना विरुद्धको खोपको दुवै डोज लिएपछि शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी गरेका छन् । उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेटलगायत वस्तु टाँसिएको अवस्थामा एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जुन निकै भाइरल बनेको छ।

सोनारका अनुसार एक दिन छोराले खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति विकास हुने गरेको बताएका थिए । ‘त्यसपछि मैले यस्तो पनि हुन्छ भनेर परीक्षण गर्ने विचार गरेँ तर आफ्नो शरीरमा चम्चा, प्लेटलगायत टाँसे’, उनले भने, ‘मेरो शरीरमा ती वस्तु सजिलै टाँसिए, यो वास्तविकता हो ।’ सोनारले करिब ५ दिनअघि एउटा निजी अस्पतालमा खोपको दोस्रो डोज लिएका थिए।

आफूहरुलाई अन्य कुनै समस्या नरहेको उनको भनाइ छ। त्यसो त सोनारको १० वर्षअघि बाइपास सर्जरी भएको थियो। दुई वर्षदेखि उनी नियमित रुपमा डायबटिजको औ’षधि लिइरहेका छन् । जब आफ्नो शरीरमा स्टिल र फरामका वस्तुहरु सजिलै टाँसिन थाल्यो तब सोनारले चिकित्सकसँग परामर्श पनि गरे।

यस विषयमा डा हामिद दाभोलकर मानव शरीरमा स्टिल र फलामका वस्तु भौतिकीको नियमविपरीत हुन्छ, यो सम्भव नै छैन भन्छन् । ‘यदि मानिसको छालामा चिल्लोपन र भ्याक्युम क्याबिटी विकास भएको छ भने यसरी स्टिल र फरामका वस्तु टाँसिने सम्भावना हुन्छ’, उनले भने, ‘तर को रोना विरुद्ध खोपमात्रै होइन अन्य खोप लगाएको अवस्थामा यो सम्भव छैन ।’ दाभोलकर अहिलेको अवस्थामा को रोनाबाट बच्ने एउटामात्रै भरपर्दो अ स्त्र भनेकै खोप हो। त्यसैले यस किसिमको हल्लाबाट बच्न आवश्यक रहेको उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस