मनाङमा भीषण वर्षा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा

लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ ।सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो ।त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो ।घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।त्यस्तै सदरमुकाम चामेको ४ वटा घरमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

सल्यानमा बाढीले एक सय रोपनी खेत बगायो
सल्यानमा अविरल वर्षासँगै आएको बाढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदिको आसपासको खेत र जयचौरको एक सय रोपनी खेत बगाएर बगरमा परिणत भएको स्थानियले बताएका छन ।बाढीले खेत बगाउनुका साथै किसानका बंगुर फर्म समेत पुरेको छ । अविरल वर्षापछि आएको बाढीले २० घरको खेत बगरमा परिणत भएको छत्रेश्वरी गाउँपालिका वडा न ४ का वडाध्यक्ष नेवबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले रोपेको र रोप्न तयार भएको र व्याड समेत बगाएको छ ।

खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पुरै नष्ट गरेको स्थानीय हरि वलीले जानकारी दिनुभयो । उहाका अनुसार वाढीले खेतमा लगाएको अन्न पुरिदिएको छ । खेत मात्र नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।
झिम्पे खोला आसपासका पनि बाढीले खेत बगाएको छ । खोला आसपासका धान रोपाईका लागि तयारी अवस्थामा रहेका खेत र ब्याड वगाएको कमानसिहं कंवरले वताउनुभयो । खेत मात्र नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस