लोकगायिका रुपा सुनारलाई `कामिको छोरी´ भन्दै कोठा दिएनन् घरबेटिले ,रुदैरुदै यशो भन्छिन् (हेर्नुस् भिडियो )

पछिल्लो समय सामाजिक संजालभरि जताततै यत्रतत्र र सर्वत्र नै फैलिएको नाम हो रुपा सुनार र उनिमाथि भएको जातिय विभेद ।रुपा सुनारको वास्तविक घर तनहु हो भने अनि अहिले काठमाडौं बस्दै मिडिया क्षेत्रमै आफ्नो कर्म गर्दै आइरहेकि छिन् ।

रुपा सुनार कोठा खोज्न भन्दै घरबाट निस्किन्छिन् र विभिन्न घरहरु जाने क्रममा उनी एउटा घरमा पुग्छिन् र सबै कुराहरु गर्छिन् र कोठा आफुलाई मन परेको र चाडै बस्ने भन्दै प्रतिबद्धता पनि गर्छिन् तर एकाएक उनिलाई आफ्नो जातको बारेमा प्रश्न गरिन्छ र आफू कामिको छोरी भएको उनले जिकिर गर्नसाथ उनलाई कोठा नदिने निचोडमा उक्त घरबेटि पुग्छन् ।

जातिय विभेद छैन गर्नु हुदैन भन्दाभन्दै पनि यस्ता घ ट नाहरु बारबार भैरहन्छन दोहोरिरहन्छन् ।आफ्नो देउता रिसाउने भन्ने ती घरबेटिले कोठा दिन मनाइ गर्छन् कठै मानवता भन्दा ठूलो देउता पनि अरु कुनै हुनसक्थ्यो होला र ।

अहिले रुपा सुनार सामाजिक संजालनै भरि भाइरल भैरहेकिछिन् र उनको पक्षमा वकालत गर्नेहरुको लर्को पनि एकदमै लामो छ तर आफू कलाकार भएको र कलाकारबाट नै भने आफुले खासै वास्ता नपाएको उनको गुनासो छ ।यस्तो जातिय विभेद उपर राज्य संयत्रनै नकारात्मक भैरहदा पि डितको पक्षमा न्यायिक व्यवहार कसैले नगर्ने गरेको उनले बताइन र अन्तर्बार्ताकै क्रममा उनी भावुक पनि भइन् ।

त्यसैगरि उनले कानुनि रुपमा पनि आफ्नो ल डाइ ल डिरहेकि छिन् ।उनि प्रतिनिधि पात्र मात्रै हुन् यस्ता घ ट नाहरुबाट पि ल्सिएकाहरुको जमात निकै लामो छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया दिनुहोस