लुम्बिनी बजेट गौतबुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई २ करोड

काठमाडौं । लुम्बिनि प्रदेशको बजेट सार्वजनिक गरेसँगै लुम्बिनि प्रदेशसभा सरकारले २ करोड रुपैँया बिनियोजन गरेको छ ।

पुराना नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेका आयोजना तथा परियोजनालाई समेत निरन्तरता दिने जनाएको भरतपुर महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु २ करोड बजेट छुट्याएको हो ।

यसका साथै चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नका लागि भन्दै महानगरले एकमुष्ट रु ९८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।

यस्तै,महानगरपालिका भित्रका सबै वडाहरूको समानुपातिक विकासका लागि प्रति वडा १ करोड ७० लाखका दरले ४९ करोड ३० लाख,भौतिक पूर्वाधार तथा सहरी विकासका लागि ४१ करोड,शिक्षा क्षेत्रको विकास एवं सुधारका लागि १२ करोड ५० लाख,स्वास्थ्य सेवा क्षेत्रमा ९ करोडका साथै महानगर कोभिड–१९ नियन्त्रण तथा प्रभावकारी उपचारका लागि १ करोड ९० लाखको कोष बजेट समेत छुट्याइएको महानगरले जनाएको छ ।

यस्तै महानगरको विशेष प्राथमिकताको क्षेत्र कृषि तथा पशुपन्छी क्षेत्रको विकास एवं विस्तारका लागि भन्दै कृषि अनुदानमा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण,कृषि सिँचाइमा अनुदान,कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण,कृषि बीमा लगायतका कार्यक्रमहरुको निरन्तरताका लागि महानगरले कुल ८ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

विशेष गरी महानगरले यस पटक कृषि र कृषकको महत्वलाई पहिलो प्राथमिकता दिँदै दूधमा हालसम्म १ रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको महानगरपालिकाले बजेट मार्फत थप २ रुपैयाँ वृद्धि गर्दै अनुदानलाई ३ रुपैयाँ पुर्याइदिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस