एमाले केन्द्रिय कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। आज अपरान्ह ३ बजे तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए।वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। केन्द्रीय कमिटीमा नेता नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन्।

हाडजोर्नी दुखाई देखि माेटाेपन घटाउनेसम्म अचुक औषधि डल्ले खुर्सानी !
एजेन्सी – डल्ले खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरको भान्सामा हुने गर्दछ । यसको सेवन गर्दा धेरै रोगबाट बच्न सकिन्छ । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । यसको नियमित सेवन गर्दा मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । डल्ले खुर्सानिले सवैभन्दा पिसावको विरामीलाई लाभदायक छ । यसले हाडजोर्नी लगाएतका दुखाइका बिरामिलाई पनि निकै फाइदा पुर्याउछ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु-राउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ र थकाइ मेटाउछ ।

प्रतिक्रिया दिनुहोस