माधव नेपाल पक्षिय बैठक भोली – जुट्ने वा नयाँ पार्टी खोल्ने भनेर निर्णय आउने दाबी

एमाले पार्टी एकिकरण गर्न गरिएका निरन्तर प्रयासको नतिजा भोली आउने भएको छ । लामो समय देखि एमाले माधव नेपाल पक्ष र केपी ओली पक्षबीचको विवादले भोली निछोड पाउने भएको छ । भोली बस्ने माधव पक्षिय केन्द्रिय सदस्यहरुको बैठकले यसको निछोड निकाल्ने बताइएको छ । नयाँ पार्टी खोल्ने र एकिकरण गर्ने दुई धुर्व देखिएको माधव पक्षको बैठकलाई महत्वका साथ हेरिएको छ ।

देउवाले संसदमा विश्वासको मत माग्दा नेपाल पक्षका केही संसदहरुले मतदान बहिष्कार गरेका थिए भने केहीले सरकारको समर्थनमा भोट हालेका थिए । केपी ओली पक्षका ८ जना सांसदले पनि देउवालाई समर्थन गरेका छन् । उनीहरुलाई पनि भोलीको बैठकमा बोलाइएको छ ।

भोलीको बैठकले नेकपा एमाले फुटेर नयाँ पार्टी बनाउने हो या एमाले एकिकरण हुने हो टुंगो लाग्ने छ । पार्टी पुटाउने या नफुटाउने भन्नेमा यो बैठक निर्णायक बन्न सक्ने एक नेताले बताए । देउवालाई भोट हाल्ने २२ जना सांसदहरुसँगको छलफल भने जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस