१५ बैंक ह्याक गर्ने चेतावनी, राष्ट्रबैंकले दियो यस्तो प्रतिक्रिया

काठमाडौं- नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई राष्ट्र बैंकसहितका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएको छ। सिस्टम ह्याकको चेतावनी आएसँगै जनमानसमा त्रास बढेको छ । तर उक्त म्यासेज र इमेललाई ठूलो रुपमा नलिन नेपाल बैँकले अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितका उच्च अधिकारीलाई बैंकहरुको सिस्टम ह्याक गरि रकम लैजाने चेतावनी बुधबार आएको थियो। नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे, एमएमबी, एनआसी एसिया,बैंक अफ काठमाडौं, सिटिजन, सानीमा, एसबीआइ, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट, हिमालयन बैंकको सिस्टम ह्याक गरेर ठूलो क्षति पुर्‍याउने चेतावनी इमेल र फोन मार्फत आएको हो। ‘म्यासेज आउनासाथ हामीले रातिनै सबै डेटाहरु चेक गर्‍यौं। त्यस्तो आतंकित हुनुपर्ने केही छैन।’

अहिलेपनि आफूहरुले ‘सिस्टम’ लाई सुक्ष्मरुपमा हेरिरहेको उनको भनाइ छ। सिस्टम ह्याकको खबरले कत्तिपय आफ्नो खातामा भएको रकम हराउने डरले पैसा पनि झिक्न थालेका छन् ।

यो पनि पढ्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै योे रकम निकासा भइसकेको छ ।

जबकी एमाले वरिष्ठ नेता खनालको विदेशमा उपचार गर्दा लागेको खर्च व्यहोर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णय नै गैरकानूनी थियो ।
२ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस