फेरि स्मार्ट लकडाउन गर्न प्रस्ताव, क्यूआर कोर्ड लागू गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई स्मार्ट लकडाउन गर्न सिफारिस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न प्रस्ताव गरेको हो ।

कोरोनाभाइरस संक्रमण बढ्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न प्रस्ताव गरेको हो । शुक्रबारको बैठकमा मन्त्रालयले गरेको सो प्रस्तावमाथि बस्ने बैठकले छलफल गरेर लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा आवश्यक निर्णय गरिने बताइएको छ ।

कोरोना संक्रमण दर, संख्या लगायतका विषयलाई आधारमा मानेर कुन क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना अनुसार आवश्यक निर्णय गर्ने तयारी छ ।

सोही बैठकमा सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कतिपय मुलुकले कागजी प्रमाणीकरणलाई मान्यता नदिएको भन्दै खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस