‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ भन्दै चक्रपथमा समर्थकले जलाए टायर !

काठमाडौं । शुक्रबार साँझ सात बजे मातेर हेल्मेट नलगाई मोटरसाइकल कुदाउँदै गरेका पूर्वयुवराज पारस शाहलाई ट्राफिक प्रहरीले पक्राउ गर्यो । मादक पदार्थ सेवन गरेका उनले ट्राफिक प्रहरीलाई उल्टै धम्काए, ‘मलाई चिन्छस्’ भनेर । करिब आधा घन्टा चक्रपथको नारायणगोपाल चोक जाम भयो ।

ट्राफिक प्रहरीले पारसलाई चौँकी लैजान भनि भ्यान नबोलाउँदै उनका समर्थकहरुले उनलाई घेरे । दृश्य अचम्म देखियो । त्यसपछि समर्थक युवाहरु उनीसँग राति सेल्फी खिचे । त्यसपछि पारस आफ्नो बाइकमा चढे ।

आज शनिबार तीनै समर्थक युवाहरुले प्रहरीले पूर्वयुवराज जस्तो व्यक्तिलाई पक्राउ गरेको भन्दै काठमाडौंको महाराजगञ्जमा नाराबाजी गरेका छन् । पारसमाथि प्रहरीले ज्यादती गरेको भन्दै समर्थकहरुले सडकमा टायरसमेत बालेका छन् ।

‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ लगायत विभिन्न नाराहरु लगाउँदै उनीहरुले सडक जाम गरेका छन् । समर्थकले टायर बालेर विरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस