कोरोना ग्राफ दैनिक उकालो,आज मात्र भेटिए ३१ सय बढि संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ३१०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षण ३१०६ जनामा कोरोना परिक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार चौबिस घण्टाभित्र निको हुनेको संख्या १९१६ रहेको छ भने २३ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ९५ हजार ३ सय ८९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६१ ह्जार ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

ओलीले अध्यक्ष छाडेमात्र एकता सम्भव छ : झाँकी
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले पद छाड्न तयार भए मात्र पार्टी एकता सम्भव हुने बताएकी छन।

शनिबार राजधानीमा आयोजित अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ? भनेर प्रश्न गरिन।

नेतृ झाँक्रीले ओली विरुद्ध आफूहरुले गरेको विद्रोहले अन्ततः वैधता पाएको दाबी गरिन।

‘हामीले प्रमाणित गरेर देखायौं। आज हामीले गरेको विद्रोहले वैधता प्राप्ता गरेको छ। हामीमाथि कसैले औला ठडाउन सक्ने अवस्था छैन।’ उनले भनिन्,’पार्टी एकता हुन्छ। कहिले हुन्छ? जहिल्यै आजको राजनीतिलाई यो अवस्थामा पुर्याउने पात्रहरु यो राजनीतिको मेनस्ट्रिमबाट बाहिर हुन्छन। पार्टी एकताको सर्तमा छोड्छन। त्यति बेलामात्र पार्टी एकता हुन्छ।’

प्रतिक्रिया दिनुहोस