भिसा आएर काठमाडौं हिंडेका श्रीमानको बाटोमै मृत्यु, शव पनि नभेटिंदा श्रीमती बेहोस्, आमा अर्धचेत अवस्थामा

काठमाडौं । भारतीय प्रहरी एसएसबीले तुइन का’टेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई दिनभरि खोज्दा पनि नभेटिएको स्थानीय प्रशासनले जनाएको छ । साँझ ६ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले धामीको खोजी गरेको थियो ।

व्यास गाउँपालिका-२ बाट जिल्ला सदरमुकाम खलंगा जानका लागि भारतीय बाटो भएर चाँडै पुगिने हुँदा स्थानीयले तुइनको प्रयोग गर्ने गरेका थिए । शुक्रबार जयसिंहलगायत पाँच युवा जरुरी कामले जिल्ला सदरमुकाम जानुपर्ने भएपछि उनीहरुले तुइन चढेर भारतीय बाटो हुँदै जाने निधो गरे । बिहान आठ बजे उनीहरुमध्ये चार जना तुइन चढेर पारी पुगे । तर, अन्तिममा चढेका जयसिंह भने बीचमै हराए । बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ।

गाउँका एक दर्जनजति युवाहरू महाकालीको किनारैकिनार जयसिंहको खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव निकै बढेको छ। पानी पनि परिरहेकोले खाजी कार्यमा समस्या आएको स्थानीयले बताएका छन्। घरमा जयसिंहकी श्रीमती बे’होस् अवस्थामा छिन्। छेउमै उनकी आमा पनि अ’र्धचेत् अवस्थामा ल’डि’रहेकी छन्।

जयसिंहका पाँच वर्षीय छोरा र अर्की डेढ वर्षकी छोरी छिन्। उनीहरू बे’होस् आमा र हजुरआमाबाको वरिपरि घुम्छन्। के भएको हो उनीहरूलाई थाहा छैन। जयसिंहका भाइ नरेन्द्र भने घटनापछि निरन्तर दाइको खोजीमा छन्।

‘केटाकेटीलाई त के थाहा भएको के हो, परिवार पूरै बेहोस् छन्, गाउँलेहरूले सान्त्वना दिने काम गरिरहेका छन्,’ स्थानीय जनकसिंह धामीले भने। गाउँका महिलाहरू जयसिंहको परिवारलाई सम्झाई-बुझाई गरिरहेकै छन्। कोही जयसिंहको दाहसंस्कारको तयारीमा छन्। ‘हाम्रो यहाँको चलनमा मान्छे बगेको दोस्रो दिनसम्म नभेटिए बगेको ठाउँबाट शवको मूर्ति बनाएरै भए पनि अन्तिम संस्कार गरिहाल्ने चलन छ,’ उनले भने।

शुक्रबार बिहान सवा ८ बजेतिर वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए। विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनसम्म पुगेका थिए।स्थानीय बहादुरसिंह धामी र तुइन सञ्चालक कल्याण धामी त्यहीँ थिए।

एक-एक जना गरी उनीहरूले तुइन तर्न सुरू गरे। भत्ता लिन जाने ३ जना तरिसकेका थिए। काठमाडौं जानेवाला २ जना वारि नै थिए। जयसिंहको तर्ने पालो आयो। ३३ वर्षका जयसिंहले ७ वर्ष जति नेपाली सेनामा काम गरेपछि जागिर छोडेका थिए। अहिले उनी विदेश जाने तयारीमा थिए।‘काठमाडौंमा भिसा आएको भन्ने खबर एक-दुई दिन अगाडि आएको थियो, त्यही कामका लागि काठमाडौं जान हिँडेका थिए,’ जयसिंहका भाइ नरेन्द्र धामीले भने।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टका अनुसार जयसिंह कसरी हराए भन्ने अहिलेसम्म निक्र्यौल भएको छैन । भारतीय प्रहरी एसएसबीले तुइन का’टेपछि जयसिंह नदीमा खसेका खवर सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी सिंदराज जोशीले भारतीय प्रशासनसँग कुरा गरेका थिए । समाचारमा आएजस्तो एसएसबीले तुइन नका’टेको दावी भारतीय पक्षले गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार तुईन प्रयोग गरेर पारी जान नपाइने भन्दै एसएसबीले कडाई गर्दै आएको छ । पाँच जनामध्ये चार जनाले नदी पार गरिसकेको र एक जनाले पार गर्दैगर्दा एसएसबीले देखेपछि डोरी का’ट्न खोज्दा नदीमा खसेर हराएको हुनसक्ने भट्टको अनुमान छ ।

घटनास्थल सदरमुकामबाट धेरै टाढा छ । बर्खाको समयमा सडक बिग्रिएका कारण गाडी नचल्ने र हिँडेर जाँदा पुरै एक दिन लाग्ने देखिएकाले घटनाको अनुसन्धान गर्न स्थानीय प्रहरीलाई भनिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताइन् । शनिबारसम्म घटनाको प्रारम्भिक विवरण आउने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेन्द्रबहादुर चन्दका अनुसार पाँचजना तुईन तरेर गएकामध्ये चार जना जिल्ला सदमुकाम खलंगा आइपुगेका छन् । तुईनबाट खसेको अहिलेसम्म कसैले नदेखेको तर सँगै गएका चार जनाले आफुहरुसँगै आएको व्यक्ति हराएको भन्दै जानकारी गराएका छन् ।

बिहान आठ बजे घटना भएको भनिए पनि प्रहरीलाई भने नौ बजे मात्र खवर आएको इन्सपेक्टर चन्दले बताए । उनका अनुसार साँझ ६ बजेसम्म स्थानीय प्रहरीले खोजी गर्दा नभेटाएपछि भोलि बिहान खोजी गर्ने र नदीसँग बग्दै जाने जिल्ला बैतडी र कञ्चनपुरको प्रहरीलाई पनि खवर गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस