शिल्पा शेट्टीका पति राजको केशमा नयाँ खुलासा, शर्लिन चोपडाले रुँदै दिइन् यस्तो बयान

काठमाडौं – पछिल्लो समय अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको केश निकै चर्चामा छ । राजमाथि अश्लील फिल्म बनाएको आरोप छ । यस केशमा अभिनेत्री शर्लिन चोपडाको पनि मुख्य भुमीका रहेको छ ।

शुक्रबार राती पुलिसको क्राइम ब्रान्चले शर्लिनसँग सोधपुछ गरेको थियो । पुलिसले शर्लिनसँगको बयान दर्ता गरेको छ । आफ्नो बयान दर्ता पछि शर्लिनले केही कुरा खुलाएकी छिन् ।

उनले भनिन् – ‘राज कुन्द्रा मेरो मेन्टर थिए । उनले मलाई यो भनेर भ्रममा राखेकी यो शुट ग्ल्यामर शुट हो । उनले यो पनि भनेका थिए कि शिल्पा शेट्टीलाई मेरो भिडियो तथा फोटो समेत राम्रो लागिरहेको छ । राज कुन्द्राले बिश्वास दिलाएकी नाङ्गो तथा पोर्न साधारण कुरा हो अहिले । यो सबैले गर्छन् त्यसपछि मैले पनि गरिरहे ।’

शुक्रबार पुलिसले शार्लिनसँग ८ घण्टा बयान लिएको थियो । उक्त बयानमा उनले रुदै भनिन् मलाई थाहा थिएन कि आफ्नो बयान कहाँ बाट शुरु गरु तथा अन्त्य । मैले सोचेको पनि थिइन् यस्तो स्क्याण्डलमा फस्छु भनेर ।

प्रतिक्रिया दिनुहोस