‘ब्यूटी विथ ए पर्पाेज’ का लागि वृज सिमेन्टको सहयोग

काठमाडौं । वृज सिमेन्टले प्यूर्टो रिकोमा आयोजना हुन लागेको मिस वल्र्ड २०२१ ‘ब्यूटी विथ ए पर्पाेज’ का लागि सहयोग प्रदान गरेको छ । मिस नेपाल २०२० नम्रता श्रेष्ठ द्धारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पाेज’ परियाेजनाका लागि बिहीबार एक कार्यक्रमका बिच केडिया अर्गनाईजेसन अन्तर्गतकाे संस्था वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयाेग गर्ने  घाेषणा गरेकाे हाे ।

मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ’व्यूटी विथ ए पर्पाेज’ परियोजना अन्तर्गत धादिङ्ग जिल्ला, निलकण्ठ गाउँपालिकको १२ र १३ नं. वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने योजना बनाएकि छिन् । देशको विकट क्षेत्रमा बसोवास गर्ने मानिसहरु आफनो जीवीकोपार्जनको लागि कस्टकर संघर्ष गरिरहेका हुन्छन् । नदीनाला तथा खोलाहरुको कारणले बर्षायाममा अत्यधिक पुल तथा बाटाघाटा क्षति हुने एवं यातायात, संचार तथा दैनिक आवतजावत अत्यन्त कठिन हुन्छ । यसको चपेटामा यही दुर्गम ठाउँमा बस्ने मानिसहरु यसको प्रत्यक्ष मर्कामा परिरहेका छन् । त्यसैले उक्त समस्यालाई ध्यानमा राखी उनले त्यहाँ पुल बनाउने निर्णय गरेकि हुन् ।

‘व्यूटी विथ ए पर्पाेज’ मिस वर्ल्ड प्रतियोगितामा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले २०१३, २०१८ र २०१९ मा जितिसकेको छ । यस वर्ष नम्रता श्रेष्ठले आफ्नो ’व्यूटी विथ ए पर्पाेज’ प्रोजेक्टको लागी धादिङ्ग जिल्लाको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेकी हुन्  । वृज सिमेन्टले उनलाई कार्यसफलताको शुभकामना समेत दिएको छ ।

पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको हाे ।  कार्यक्रममा वृज सिमेन्टका अध्यक्ष्य ताराचन्द केडिया र इण्डष्टीजका कार्यकारी निर्देशक मोहित केडियाले मन्तव्य राखेपछि कार्यक्रम समापन भएकाे थियाे ।  पुष्पातारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्था लगायत विभिन्न क्षेत्रहरुमा आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ । पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद रवृज सिमेन्ट विगत पाँच वर्षदेखि मिस नेपाल प्रतियोगीतामा संलग्न हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस