प्रेमीसँग सम्बन्ध बनाउन बाधा बनिरहेकी थिइन् ३ वर्षीय छोरी, आमाले…

एजेन्सी । आमलाई बच्चाको सबैभन्दा नजिकको मान्छे मानिन्छ, किनकी उनी जन्मदाता हुन् । आमाले जति माया संसारमा अरु कसैले गर्दैनन् भन्ने भनाइ पनि छ । तर बेलायतकी एक महिलाले प्रेमीसँग सम्बन्ध बनाउन नपाएको रिसमा आफ्नै तीन वर्षीय छोरीको हत्या गरेकी छिन् । छोरीको हत्या आरोपमा उनलाई १५ वर्ष र उनको प्रेमीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।

ब्रिटेनमा गएको वर्षको ९ अगस्टमा कायली जायदे प्रीस्ट नामकी तीन वर्षीय बालिका फ्ल्याटमा मृत फेला परेकी थिइन् । उनको छाती र पेटमा चोट देखिएको थियो । बच्चीकी आमाले ९९९ मा कल गरेर प्रहरीलाई यसबारे जानकारी दिएकी थिइन् । जब प्रहरी अधिकारीले घटनाको जाँच गर्यो, तब बच्चीको आमाको नै संलग्नता भएको पायो ।

अदालतले यस केसमा बच्चीकी आमा र उनको २२ वर्षीय प्रेमीलाई दोषी ठहर्यायो । डेली मेलको रिपोर्ट अनुसार महिलाले प्रेमीसँग सम्बन्ध बनाउन नपाएका कारण छोरीको हत्या गरेको बताएकी छिन् । उनी प्रेमीसँग सम्बन्ध बनाउन चाहन्थिन् तर उनको छोरी बाधा बनिरहेकी थिइन् ।

ती युवतीले प्रहरीमा दिएको बयान अनुसार उनीहरु सम्बन्ध बनाउन चाहन्थे तर त्यतिबेला छोरी कायली उठेर खेल्न थालिन् । कायली रातमा धेरै पिटाइ खाएपछि बिरामी भएकी थिइन् । उनले त्यतिबेला आफ्नो होस्हवास् गुमाइन् र छोरीलाई पिटेर गम्भीर घाइते बनाइन् ।

उनले छोरीलाई कुनै सहयोग गरिनन् । अदालतले भनेको छ – ‘एक कलले तपाईँ आफ्नो छोरीको ज्यान बचाउन सक्नुहुन्थ्यो । तर तपाईँले वास्ता गर्नुभएन, झुट बोल्नुभयो प्रहरीलाई ।’ उनको कुटपिटबाट चोट लागेपछि गम्भीर घाइते भएकी कायलीको मृत्यु भयो । घटनाबारे कायलीको मृत्यु भएको अन्तिम क्षणमा सीसीटिभी फुटेजबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस