भीम रावल परे समस्यामा

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलको जिम्मेवारी बाँ’डफाँ’ड पनि उनकै चहाना बमोजिम हुन्थ्यो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेका रावलले माधवकुमार नेपालको साथ छोडेर एमाले पार्टीमै बस्ने निर्णय गरेपछि रावललाई उनकै पकड भएको मानिएको सुदूरपश्चिम प्रदेशमै ठूलो ध ‘क्का लाग्ने माहोल बनेको छ। रावलका विश्वासपात्र नेता र सासंदहरु उनको साथ छोडेर नेपालको नवगठीत नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन्। सुदूरपश्चिम प्रदेश सभामा एमालेबाट निर्वाचित २५ प्रदेश सभा सदस्य हुन्। विगतमा सभामुखबाहेक २४ सासंद मध्य १७ जना नेपाल पक्ष र ७ जना ओली पक्षमा थिए।

नेपाल पक्षमा रहेका १७ जना नै रावल निकट थिए। १७ जना मध्य अधिकांस सांसद रावलको साथ छोडेर नेपालको पक्षमा देखिएका छन्। आफ्नै विश्वासपात्र र निकट मानिएकाले साथ छोडेर नेपालको पक्षमा उभिएपछि रावललाई ध ‘क्का महसुस भएको छ। ‘हिजोका दिनमा नेपाल समूहमा रहेका अधिकांस हामी अहिलेसम्म नेपाल तिर नै हो’, एमाले प्रदेश सभाका सदस्य तारालामा तामाङले भने, ‘अझै छलफल चलिरहेकोले दुई/तीन दिनमा सबै स्पष्ट हुने छ।’ अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ३ सासंद मात्र नेपालको साथ छोडेर रावलको पक्षमा खुलेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ४ मन्त्री र ३ जना राज्यमन्त्री मध्य आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह मात्र रावलको पक्षमा खुलेका छन्। यसैगरि सांसद हर्क कुँवर रावलको पक्षमा उभिएमा छन् भने सासंद प्रकाश बहादुर रावल पनि रावलको पक्षमा उभिने संकेत गरेका छन्। केही सासंद अझै कतैतिर खुलेका छैनन्।

हिजाका दिनहरूमा ओलीको क’टु बिरोध गर्ने रावललाई नेता मान्नेहरु रावलले कित्ता परिवर्तन गर्दा समस्यामा परेको बताउँछन्। ‘हामीले अभिभावक र नेता मानेको रावललाई नै हो, अहिले रावलका कारण हामीलाई नैतिक संकट परेको छ’, एक सासंदले भने,‘रावलको सम्मानका लागि हामीले धेरै टिकाटिप्पणी गर्ने पक्षमा छैनौ तर दुई तिहाईको जनमतको अपमान गर्ने ओली टिमको पार्टीमा रहन हामी असमर्थ छौं।’ अझै पनि हाम्रो हिजोको टिमको नेता रावल भएकाले हामी एकै ठाउँमा रहने अवस्था होस भनेर छलफल भैरहेको उनले बताए।

अधिकांस सांसद नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीतर्फ रहेको सांसद अमर साउदले बताए। ‘हामी सभामुखबाहेक २४ जना सांसदमा बढी सांसद एकीकृत समाजवादीमा हुने छौं’, उनले भने,‘अहिले एकीन भन्न नसकिएपनि १ जना बढी भएपनि हामी हुने पक्का छ।’

रावलका विश्वासपात्र पूर्वमन्त्री माया भट्ट, एमाले कैलालीका अध्यक्ष तथा भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, पूर्वमन्त्री कृष्णराज सुवेदीले पनि रावलको साथ छोडेर नेपालको पक्षमा उभिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि नेपालको पक्षमा खुलेकी छन्। भट्ट र जोशी नयाँ पार्टीको केन्द्रीय सदस्य बनेका छन्। रावलको गृहजिल्ला अछामका बलबहादुर सोडारीले उनको साथ छोडेका छन्। रावलकै निर्देशनमा सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले स्थायी कमिटीको निर्देशन विपरित माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेका १७ जना सांसदले विश्वासको मत दिएका थिए।

यो पनि : दक्ष युवा जनशक्ति उत्पादनमा सबैले जोड दिऊँ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको संयोजनमा आजदेखि सुर्खेतमा आयोजित दुई दिने सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले जेसिजलाई देश विकासका लागि दक्ष युवा जनशक्ति उत्पादनतर्फ जोड दिन आग्रह गर्नुभयो ।

दक्ष युवा जनशक्तिविना मुलुकको समृद्धि हुन नसक्ने बताउँदै उहाँले जेसीजलाई युवा नेतृत्व जन्माउने खालका अभियान सञ्चालन गर्न सुझाउनुभयो । समाज रूपान्तरणमा नेपाल जेसीजको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले सामाजिक न्याय स्थापनाका निम्ति नागरिक संस्था लागिरहनुपर्ने बताउनुभयो ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले मुलुकको विकास र समृद्धिको मेरुदण्ड युवा जनशक्ति भएको बताउँदै समाजिक सद्भाव र मानवसेवामा जेसिजको अमूल्य योगदान रहेको विचार व्यक्त गर्नुभयो ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले युवाको नेतृत्व विकास र सामाजिक रूपान्तरणमा जेसीज लागिरहेको बताउनुभयो । युवाको सक्षमतालाई उपयोग गर्दै उनीहरुलाई उद्यममा लाग्न सरकारले स्वदेशमै टिकाउने खालका नीति तथा कार्यक्रम ल्याउन अध्यक्ष खनालले आग्रह गर्नुभयो ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट युवा पङ्क्तिलाई सकारात्मक सन्देश, नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पुग्नुका साथै कर्णाली क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रवद्र्धनमा टेवा पुग्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा युवा नेतृत्व तथा मानव विकासका लागि नेतृत्वका अभ्यासका विषयमा बहस, जेसीजका विशेष एजेण्डाका बारेमा छलफल हुनेछ । कोरोना महामारीको सङ्कटका बाबजुद सम्मेलनमा राष्ट्रिय पदाधिकारी, क्षेत्र ‘घ’का शाखा अध्यक्षको सहभागिता रहेको छ । अनलाइन जुममार्फत ७०० सहभागी जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस