४ पुस्तालाई एउटा चिहान बनाउने यिनै हुन् लोकबहादुर

सङ्खुवासभा घट्नाका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले आरोपी लोकबहादुर कार्कीलाई सर्वाजनिक गरेको हो ।

गत सोमबार सङ्खुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, १९ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ ‘त्या भएको थियो । उनीहरुको ह’ ‘त्या आरोपमा प्रहरीले शनिबार २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मा’रेको स्वीकारेको प्रहरीले जनाएको छ । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हे’पेर बोली ब्यावहार गरेकोले ज्यान लिएको कार्कीले स्वीकार गरेको बताईएको छ । तेजबहादुरको ह’ ‘त्या गर्ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको ह’ ‘त्या गरेको उनले स्वीकारेका हुन् ।

२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिए । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताए । ‘म’रेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहि पारा हो भने त मेरो पनि ज्यान जोखिममा रहेछ’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस