७० प्रतिशत मृत्युदर रहेको निपा भाइरस नेपालमा फैलिने जोखिम कति?

निपा भाइरस संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै इर्वास (अर्ली वार्निङ रिर्पोटिङ सिस्टम) सेन्टिनेल साइट तथा अस्पतालहरुलाई सजग रहन निर्देशन दिएको छ।

रोगको यकिन निदान नहुँदै वा तिब्र रुपमा बिरामीको स्वास्थ्य अवस्था विग्रदै गएका वा मृत्यु भएका विरामीहरुको समयमै अनुसन्धान गरी सम्भावित महामारी न्यूनीकरण गर्ने प्रबन्ध इर्वास रिर्पोटिङ मार्फत गर्न सूचित गर्न भनिएको छ।

त्यस्तै, इडिसिडीले उक्त किसिमको अवस्था स्वास्थ्य संख्यामा देखिएमा विरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छिटो पठाउन निर्देशन गरेको छ।

 निपा भाइरस नेपालमा फैलिने जोखिम कति?

निपा भाइरस चमेरोबाट मानिसमा सर्ने रोग हो। हेन्द्रा भाइरसबाट सर्ने यो रोग फ्रूट ब्याटु भनिने एक प्रकारको चमेरोमा पाइन्छ। यो रोग संक्रमित चमेरो, सुगुर तथा मानिसको प्रत्यक्ष सम्पर्कमा आए सर्ने गर्दछ।

यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।

मलेसियाको कम्पुङ सुगाई निपाह भन्ने ठाउँमा पत्ता लागेको थियो । त्यसपछि त्यो भाइरसलाई ‘निपाह’ नाम दिइयो । त्यतिबेला सुँगुरको माध्यमबाट यो भाइरस सरेको थियो ।तर, त्यसपछि जहाँजहाँ एनआईभीको बारेमा थाहा भयो, यस भाइरस फैलिने माध्यम सुँगुर थिएन। यो भाईरसको नाम एनआईभी राखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार निपाह भाइरस (एनआईभी) निकै छिटो फैलिने भाइरस हो जसले जनावर र मानिसलाई गम्भीर रुपमा बिरामी बनाउँछ।

निपा भाइरस भएमा मानिसहरुको मृत्युदर झण्डै ७० प्रतिशत रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिर्सच युनिटका संयोजक डा. शेर बहादुर पुनले बताए।

उनका अनुसार यो रोग लागेका मानिसहरुको स्नायु प्रणालीमा असर गर्दछ भने मानिसलाई बेहोस पार्ने देखि कोमामा पनि पु¥याउँदछ।

नेपालमा हालसम्म पनि निपा भाइरस भेटिएको प्रमाण छैन। बंगलादेशमा हरेक वर्ष देखिने यो रोग छिमेरी देश भारतमा पनि हालसम्म तीन पटक सम्म देखिएको छ। बंगलादेशमा हरेक वर्ष २÷३०० मानिस निपा भाइरसको संक्रमण देखिने गरेको छ।

भारतको सिलिगुडीसम्म यो रोगगको संक्रमण भेटिइसकेको छ। नेपालसँग खुला सिमाना भएका कारण भारतबाट नेपालमा सर्न सक्ने निकै सम्भावना भएको भन्दै स्वास्थ्य मन्त्रालयले सजग अपनाउन सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस