एमसीसी पास मात्र भए रोजगारीको लागि कोही नेपाली विदेश जानु पर्दैनः डा. रामशरण महत

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे बाहिर आएका सबै तथ्य गलत रहेको बताएका छन्।एमसीसीबारे अहिले आलोचना भइरहेका विषयहरु असत्य रहेको उनले बताए।

एमसीसीले नेपालको राष्ट्रियतामा कुनै प्रकारको बाधा सिर्जना नगर्ने र राष्ट्रको आर्थिक विकास गर्नको लागि आउन लागेको बताएका छन्।

अमेरिका मार्फत प्राप्त हुने सहयोगले नेपालको गरिबी निवारण गर्नको लागि, सामाजिक विकासको लागि, जनशक्ति विकासको लागि, रोजगारीको अवसरहरू बढाउने उद्देश्यले पारित हुन लागेको बताएका छन्।

यसमा कुनै पनि राजनीतिक सम्बन्ध नभएको बताएका छन्।

‘एमसीसी देश र जनताको भलाइको लागि नै आउन लागेको हो। अमेरिकाको यो सहयोगमा कुनै पनि स्वार्थ लुकेको छैन,’ उनले भनेका छन्, ‘कतिपय मानिसहरूले बुझ्दै नबुझी भ्रममा परि अमेरिकासँग सम्बन्ध बढ्यो भने चिन रिसाउँछ कि भन्ने आशयकाको कारण विरोध गरिरहेका छन्।’

एमसीसी पारित भए पश्चात् अमेरिकी नियम कानून लागू हुने, सैनिक गठबन्धन अन्तर्गत चल्ने भन्ने कुरा बिल्कुलै शतप्रतिशत झुट भएको बताएका छन्।

यो सबै अमेरिकालाई बदनाम गर्न र अमेरिकाको विरोधमा जनतालाई उठाउनको लागि झुटको खेती गरिरहेको उनले बताएका छन्। महाकाली सन्धि गर्दा बखत पनि यस्तै भनिएको थियो।

महाकाली सन्धि २०५३ साल असोज ४ गते संसदले दुई तिहाइ बहुमतका आधारमा पारित गरेको थियो।

विरोध र विवादका बीच महाकाली सन्धिलाई पारित गरिएको थियो। अहिले महाकाली सन्धिमा गम्भीर त्रुटि भएको स्वीकार गरिएको छ। विगतमा भएका गल्ती सच्याउन महाकाली सन्धि अब पुनरावलोकन गर्नुपर्ने पक्षमा दलहरु देखिन्छन्।

प्रतिक्रिया दिनुहोस