काठमाडौं उपत्यकामा कोभिड् घट्यो तर तीन जनामा अर्कै रोगको डरलाग्दो संक्रमण देखिएपछि स्वास्थ्यकर्मी चिन्तित

काठमाडौ । कोभिडको महामारी नसकिदै फेरी काठमाडौ उपत्यकामै अर्को रोग देखिएको छ । काठमाडौमा डेंगु देखिएपछि स्वास्थ्यकर्मी र चिकित्सकलाई चिन्तित बनाएको छ । गत असारयता काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गु देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असारयता भक्तपुरका तीन जनामा डेङ्गु पुष्टि भएको हो ।

महाशाखाको तथ्यांकमा असार, साउन र भदौमा देशभर जम्मा १४९ जनामा डेङ्गु पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश १ को संखुवासभामा सबैभन्दा धेरै ४७ जना डेंगु संक्रमित देखिएका छन् । गत आर्थिक वर्षमा २०७७⁄७८० भक्तपुरमा डेङ्गुका बिरामी भेटिएका थिएनन् भने काठमाडौं र ललितपुरका सात जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस