कपनको ढलमा बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो

काठमाडौं । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव ललितपुरमा फेला परेको छ।गत मंगलबार कपनस्थित ढलमा खसेर बेपत्ता भएका उज्ज्वलको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनकाअनुसार स्थानीयले शनिबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बज्राचार्यले बालकले कपन मावि लेखेको लुगा लगाएको र अनुहार चिन्न गाह्रो हुने खालको रहेको जानकारी दिइन् ।

अचानक कहाँ हराए ११ जना प्रहरी ? प्रधान कार्यालयले जारी गर्यो यस्तो सूचना
काठमाडौं । जनताको सेवा गर्ने नेपाल प्रहरीका केही अधिकारीहरु नै सम्पर्क विहिन भएपछि प्रहरी कार्यालयले सम्पर्कमा आउन सूचना जारी गरेको छ । उनीहरु गत साउन महिनादेखि सम्पर्कमा छैनन् । तीन महिना देखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले एक सूचना सार्वजनिक गर्दै गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्याद बाहेक एक साता भित्र हाजिर हुन निर्देशन दिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

आफूखुसी कार्यालय नआउने गैर जिम्मेजार प्रहरीलाई प्रहरी कार्यालयले यस्तो चेतावनी दिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत ११ जना छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस