अचानक कहाँ हराए ११ जना प्रहरी ? प्रधान कार्यालयले जारी गर्यो यस्तो सूचना

काठमाडौं । जनताको सेवा गर्ने नेपाल प्रहरीका केही अधिकारीहरु नै सम्पर्क विहिन भएपछि प्रहरी कार्यालयले सम्पर्कमा आउन सूचना जारी गरेको छ । उनीहरु गत साउन महिनादेखि सम्पर्कमा छैनन् । तीन महिना देखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले एक सूचना सार्वजनिक गर्दै गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्याद बाहेक एक साता भित्र हाजिर हुन निर्देशन दिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

आफूखुसी कार्यालय नआउने गैर जिम्मेजार प्रहरीलाई प्रहरी कार्यालयले यस्तो चेतावनी दिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत ११ जना छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस