प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु, प्रमुख विपक्षी दल एमाले गएन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि सुरु भएको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भूसाल सहभागी हुनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाबाट दुर्गा पौडेल र नेमकिपाबाट प्रेम सुवाल सहभागी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस