सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसमा गजुरीमा एक्कासी आगलागी, बसमा रहेको सम्पूर्ण सामान जलेर नष्ट

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ। सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरकाे यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ। बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। रासस

२ खम्बामा अडिएको विश्वकै सानो देश, जहाँ बस्छन् २७ जना मानिस ।
काठमाडौं । विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ भन्ने सुन्दा तपाइलाई कस्तो लाग्छ रु सुन्दा होइन जस्तो लागेपनि यो वास्तविकता हो । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड माइक्रो नेसनका नामले पनि चिनिन्छ ।

सील्याण्डको जनसंख्या मात्र २७ छ । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ । यसले आफूलाई विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्दछ ।

यस देशका राष्ट्रपति, प्रधानमन्त्री वा मालिक जो भनेपनि रोय बेट्स नामक एक व्यक्ति थिए । उनको मृ’त्यु पश्चात् त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् । यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । यद्यपि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।

आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि यस देशको आफ्नै मु्द्रा र स्ट्याम्प टिकट छ । खासमा यस देशमा थुप्रै विदेशी आर्थिक सहयोग आउने गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भने भ्याटिकन सिटी हो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस