फिल्म फ्लप भएपनी धनाड्यहरुसँग विवाह गरी भाग्य चम्काएका यी ५ नायिका

लिउडमा अभिनेत्रीको करियरको समयावधि कम हुन्छ। हरेक वर्ष थुप्रै अभिनेत्रीहरु आउँछन् र जान्छन्।यद्यपि केही अभिनेत्री हिट पनि साबित हुन्छन तर केही फ्लप भई विवाह गरी घर बसालेर बस्छन्।

यस्तोमा आज हामी कुरा गर्नेछौं ती अभिनेत्रीहरुका बारेमा जो फिल्ममा असफल भए पछि धनी प्रेमीसँग विवाह गरी ऐश आरामको जिन्दगीको बिताईरहेका छन्। निम्न उल्लेखित बलिउड नायिकाहरुले चलचित्र मार्फत भाग्य चम्काउन असफल भएता पनि अरबपतिसँग विवाह गरेर भाग्य चम्काए।

आयशा टाकिया

कुल कमाइ १० मिलियन डलर: केवल केही फिल्महरुमा मात्र देखिएकी अभिनेत्री आयशा टाकियाको सुन्दरताको अझै फ्यानहरु दीवाना छन्। आयशाले आफ्नो फिल्मी करियरको सुरुवात सन् २००४ मा फिल्म ‘टार्जन द वन्डर कार’ बाट गरेकी थिईन। तर आयशाको झोलीमा ‘वान्टेड’ जस्तो एक मात्र हिट फिल्म पर्यो। उनी अन्तिम पटक सन् २०११ मा रिलिज भएको फिल्म ‘मोड’ मा देखिएकी थिईन।आयशाले सन् २००९ मा प्रेमी फरहान आजमीसँग विवाह गरी घर बसालेकी हुन्। फरहान एक ठुलो बिजनेसम्यान हुन् र उनका थुप्रै होटेलहरु छन्। उनका पिता अबू आजमी जो समाजवादी पार्टीको एक शक्तिशाली नेता हुन्।

अमृता अरोडा

कुल कमाइ १२ मिलियन डलर: अभिनेत्री मलाइका अरोडाकी बहिनी अमृता अरोडाको पनि फिल्मी करियर त्यस्तो खास रहन सकेन। उनले अधिकांस फिल्महरुमा साइड रोल निभाएकी छिन्। उनले सन् २००२ मा फिल्म ‘अवारा पागल दिवाना’ बाट फिल्मी क्षेत्रमा कदम राखेकी थिईन। उनी अन्तिम पटक सन् २००७ मा प्रदर्शनीमा आएको फिल्म ‘राख’ मा देखा परेकी थिईन। अमृता सन् २००९ मा बिजनेसम्यान शकील लडकसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन। शकील एक कन्स्ट्रक्सन कम्पनीको मालिक हुन्।

सेलिना जेटली

कुल कमाइ १५ मिलियन डलर: मिस इन्डियाको ताज पहिरन गर्न सफल भईसकेकी सुन्दर अभिनेत्री सेलिना जेटलीको बलिउड करियर न त लामो समय टिक्न सक्यो न त हिट नै भयो। उनले सन् २००३ मा फिल्म ‘जानशीन’ बाट बलिउडमा कदम राखेकी थिईन। त्यस पछि उनी २०११ मा फिल्म ‘थ्यांक यू’ मा अन्तिम पटक देखिईन। फिल्ममा असफलता हात लागे पछि उनले अस्ट्रियाको बिजनेसम्यान पिटर हागसँग विवाह गरिन्। पिटरका दुबई र सिंगापुरमा होटेलहरु छन्।

एषा देओल

कुल कमाइ १७ मिलियन डलर: बलिउडको चर्चित देओल परिवारको छोरी रहेकी एषाले बलिउडमा आफ्नो जादु खासै चलाउन सकिनन्। हेमा मालिनी र धर्मेन्द्रकी छोरी रहेकी एषाको बलिउड यात्रा खासै सुखद हुन सकेन। उनले सन् २०१२ मा व्यवसायी भारत तख्तानीसँग विवाह गरेकी थिइन्। अहिले एषा पतिलाई व्यवसायमा सहयोग गर्ने गर्छिन्। उनी चलचित्रहरुमा पछिल्लो समय कमै मात्र देख्न थालेकी छिन्।

किम शर्मा

कुल कमाइ १० मिलियन डलर: किम पछिल्लो पटक चलचित्र ‘मोहब्बतें’मा देखा परेकी थिइन्। गन्न सकिने मात्रै चलचित्रहरुमा अभिनय गरेकी किमको बलिउड यात्रा खासै राम्रो हुन सकेन। तर चलचित्रहरुमा फ्लप मात्रै हात लागे पनि विवाहको मामलामा भने उनलाई भाग्यले साथ दियो। उनले केन्याका धनाड्य अली पंजानीसँग विवाह गरिन्।

विभिन्न एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस