१८ वर्षकी उषाको नेपालभरी चर्चा, ठूल ठूला नेताले दिँदैछन् बधाई:

काठमाडौ । पछिल्लो समय युवा पुस्ता कि सामाजिक सञ्जालमा समय बिताउन ब्यस्त छन् भने कोही विदेशी भूमिमा पसिना बगाउँदै । युवा पुस्ता राजनीतिक देखि बेखबर छन् । तर बागलुङ, काठेखोला गाउँपालिका बिहुँकी उषा सापकोटालाई भने नेपालका ठूला राजनीतिक दलका नेताले बधाई दिइरहेका छन् ।

१८ वर्षकै उमेरमा उनले आफ्नो छुट्टै पहिचान बनाइन् । अन्य युवाले रोज्ने भन्दा फरक बाटो अपनाइन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बिहानै सामाजिक सञ्जालमा लेखे, ‘१० प्रतिशत केन्द्रीय सदस्य र प्रदेश कार्यसमिति सदस्यको अवधारणा यिनै उदाउँदा अनुहारको लागि। १८ वर्ष पुग्दा नै प्रदेश अधिवेशन प्रतिनिधि चुनिएकी उषालाई हार्दिक बधाई ’ उनले दिएको यो बधाईमा अन्य नेताहरु पनि थपिएका छन् ।

भर्खरै कानुनमा १२ कक्षा उत्तीर्ण गरेकी उषा शनिबार भएको कांग्रेस क्षेत्रीय अधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश प्रतिनिधि चुनिएकी छन्। प्रदेश प्रतिनिधिका लागि खसआर्य कोटामा प्रतिस्पर्धा गरेकी उषा २८६ मतसहित विजयी भएकी हुन्।*

घर खर्च चलाउन कै लागि आफ्नै बारीमा फलेको भोगटे सडकमा बेच्दै बृद्ध महिला

कञ्चनपुरको झलारी बजार सडक छेउँमा भोगटे बेच्न बस्नुभएकीएक बृद्ध महिला । घर खर्च चलाउन आफ्नो बारीमा रहेको भोगटे बेच्न आएको उहाँको भनाई छ ।

गुरु नानक जयन्ती मनाइँदै-प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस वर्ष पनि कोरोना महामारीको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ ।

यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा उहाँ विश्वास गर्नुहुन्थ्यो । pic.twitter.com/CpJAxypVwO

— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 21, 2021

प्रतिक्रिया दिनुहोस