कतारमा बस्नेलाई खुसीको खबर, अब ईलिगल कोहि नहुने , यस्तो छ कतार सरकारको तयारी

काठमाडौं :–कतार सरकारले गैरकानूनी हैसियतमा रहेका नेपालीसहित अवैधानिक हैसियतमा रहेका विदेशी कामदारलाई कैद र जरिवाना नलिई आममाफी दिने भएको छ ।

कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको नियम पालना नगरेका कारणले गैरकानुनी हैसियतमा पुगेका कामदारलाई सरकारले कैद र जरिवाना बिना नै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कतारले २०१५ को कानून नं २१ को प्रावधान अनुसार आप्रवासीको निवास प्रवेश र गमनको नियम अन्तर्गत आममाफीको प्रक्रिया शुरु गरिएको बताएको छ ।

आममाफीका लागि सरकारले आगामी अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ ।

आममाफीका लागि अवैधानिक हैसियतमा रहेका विदेशी कामदारले कतार सर्च एण्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, अल बक्रा र अल रयान सर्भिस सेन्टरमा र उम सुनैम, मेसाइमिरमा नाम दर्ता गराउनु पर्ने बताएको छ ।

..

 

प्रतिक्रिया दिनुहोस