कुखुराको भालेलाई गाउँबाट निकाला,कारण थाहाँ पाउदा सबैको होस उडयो

एजेन्सि – कुखुराको भालेलाई गाँउ नि’का’ला गरेको छ ।हामीले कुनै पनि गाँउ ठाँउको वा राज्यको नियम उललंघन गरेको भन्दै मान्छेहरुलाई देश निका’ला गरेको समाचार सुन्दै आएका छौ ।तर यो दुनियाँमा कुखुरालाई नै गाउँ निकाला गरेको खबर सुन्दा हामी कसैलाई विश्वास नलाग्न सक्छ । यो घटना अष्ट्रियाको मार्कस्र्डर्फमा घटेको घटना हो ।

सामान्यतय कुखुराको भालेको काम भनेको बास्ने नै हो तर उक्त भालेको लागि कुखुरी काँ गरेर बास्नुनै उसको लागि अ’भिशा’प बनेको छ ।अन्तत उसलाई गाँउ नै निकाल गरे । यसरी चिच्याएर बासेको आरोपमा एउटा भाले गाउँ निकालामा परेको घटना युरोपेली मुलुक अष्ट्रियाको हो ।

उक्त भालेको आवाजले दिक्क बनाएको भन्दै धेरै गाउँलेहरुले उजु’री गरे । जसका कारण भालेलाई गाउँ निकाला गर्ने निर्णय भएको छ । उसका लागि नयाँ वासस्थान खोज्ने प्रक्रिया अघि बढिसकेको छ ।स्थानीय एउटा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै स्थानीय एक जना महिलाको घरमा पालेर राखेको उक्त भालेको आवाज स्थानीयवासीहरुलाई पटक्कै चित्त बुझेन ।

विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै विद्यालयले उक्त घरमा तिनवटा कुखुरा पालेको थियो । त्यसमध्ये दुईवटा भाले र एउटा पोथी थियो ।भालेहरु पटक/पटक जोडसँगबास्ने मात्र नभै एक आपसमा लडाइँ झगडा गर्दासमेत ठूलो-ठूलो आवाज निकाल्ने भएपछि दुईवटा भालेमध्ये ठूलो आवाज निकाल्ने भालेलाई त्यहाँबाट निकाला गर्ने निर्णय गरिएको हो ।

तर एउटा भाले र अर्को पोथी भने त्यहीँ नै रहन पाउनेछन् । कुखुरा पाल्ने ती महिलाले भने उक्त भाले निकै असल स्वभावको रहेको र आवाज मात्रै ठूलो रहेको बताएकी छिन् ।गाउँ निकाला गरिने भालेका लागि नयाँ घरको खोजी भैरहेको तर अहिलेसम्म कुखुरा पाल्ने मानिस फेला नपरेको उनको भनाइ छ ।यदि उक्त कुखुरा पाल्ने मानिस फेला नपरेमा चाहीँ कुखुरालाई बधशालामा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस