कालापानी र लिपुलेक एक इन्च पनि दिन्न भने प्रधानमन्त्री ओलीले कुरा सुनेर मोदी थुरुरु डराए (भिडियो हेर्नुहोस)

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरे सँगै भारतीय संचार माध्यमहरूले प्रम ओलीले रवाफ देखाएको भन्दै समाचारको शिर्षक राखेका छन् ।कालापानी विवादबारे प्रधानमन्त्री ओलीले आइतबार पहिलो पटक सार्वजनिक रूपमा बोलेका थिए । उनले भारतलाई सेना फिर्ता लैजान आग्रहमात्र गरेनन्। सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने पनि बताएका थिए ।

युवा संगठनकाे एक कार्यक्रममा उनले भने ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन्। नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ। अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ,’ ओलीले भने, ‘यो सरकारले आफ्नो भूमि एक इन्च मिच्न दिँदैन। नेपालीलाई अरूको जमिन पनि चाहिँदैन।’भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस