हिमानीले नाचेर मात्र हैन रक्तदान गरेर पनि देखाइन मनिशा कोईरालाको साथ अब हिमानीलाई(भिडियो हेर्नुहोस )

बेलाबखतमा सामाजिक कार्यमा एकदमै सक्रिय रहँदै आएको हिमानी कोष तथा लायन्स क्लव अफ काठमाडौँले शनिबार काठमाडौँको तीनकुनेमा रक्तदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेका छन्।तीनकुनेको सिद्धेश्वर माविमा भएको उक्त कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसँगै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने रक्तदान समेत गरिएको थियो।

कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह, उनका छोरा हृदयन्द्र शाह, पूर्व अधिराजराज कुमारी प्रेरणा शाह तथा अभिनेत्री मनिषा कोइरालाको समेत सहभागिता रहेको थियो।रक्तदान कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाहले पनि रक्तदान मार्फत समाजसेवा गरेका थिए ।उक्त कार्यक्रममा छोरा हृदयन्द्रले पनि रक्तदान दिने भनेता पनि उमेर सानो भएपछि उनले भने रक्तदान गर्न नै पाएनन्। भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस