मन्त्री ज्युलाई काठमाडौं कै सडक कस्तो छ थाहा छैन ? प्रश्नको जवाफ यस्तो आयो (भिडियो हेर्नुहोस )

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताउनुभएको छ । उहाँले विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवद्र्धनका विषयमा विचार आदानप्रदान गरिने उल्लेख गर्नुभयो ।भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वलाईसमेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताउनुभयो ।

“काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ”, उहाँले भन्नुभयो । भ्रमण वर्ष सफल बनाउन आफ्नो नेतृत्वमा पटक पटक बैठक बसेको र पर्यटन क्षेत्र, निजी क्षेत्रका सङ्घसंस्था तथा सङ्गठनसँग घनिभूत छलफल गरिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य शुरुआत गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने उहाँले उल्लेख गर्नुभयो । भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस