चिनियाँ अध्ययन केन्द्रले भारतद्वारा अ’तिक्रमित भूभाग फिर्ताको लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।चिनियाँ अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले एक विज्ञप्ति जारी गरि नेपाल र ब्रिटिसबीचको सुगौली सन्धिले दुई मुलुकको सिमाना छुट्याएको भएपनि हालै सार्वजनिक भारतीय नक्साले नेपाली भूभाग मिचेको देखिएको बताउदै समस्या समाधानका लागि भारतसँग पहल गर्न आग्रह गरेका हुन् ।
भारतले निकालेको राजनीतिक नक्साले नेपाली भूमि अ’तिक्रमण गरेको पुष्टि हुने बताउदै उनले विज्ञप्तिमा भनेका छन्”आफ्नो छिमेकीको भूभाग बिनास्वीकृति लिनुले माथिल्लो स्तरको दबाब सिर्जना गरेको देखिन्छ जसलाई केन्द्रले जोडदार रूपमा विरोध गर्छ ।”यस अघि चिनियाँ दुतावासले पनि दुई देशको भूमि सम्बन्धि समस्यालाई वार्ताको माध्यामबाट हल गर्न सुझाव दिएको थियो । चिनियाँ दुतावासका प्रवक्ता वाङ सिओयोलोङले गत बिहिबार जारी गरेको विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पारिएको छ । भिडियो हेर्नुहोस
यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।