भारतलाई काउन्टर,नेपालको नयाँ नक्सा सार्वजनिक,मोदीलाई तनाबले टाउको दुख्यो(भिडियो हेर्नुहोस)

नागरिक समाजले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको हो । अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए । उनले भने “डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौँ । यही विधिबाट रेखांकन गरिएको छ ।” उनले नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए ।

समितिका विज्ञ कोमल चन्द्र बरालका अनुसार लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाको र यसलाई विश्वव्यापी बनाईनेछ । उनले सार्वजनिक नक्सा सुगौली सन्धी अनुसार बनाईएको बताए । नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले भने “हामीले गर्नुपर्ने काम तपाईहरुले गर्नु भएकोमा धेरै धन्यवाद छ” । भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस