एक्लै बसेर कति रोएँ कति आँशुले शरीर भिज्थ्यो पिडा मुटुमा गाठो परेर चुपचाप सहेर बसे(भिडियो हेर्नुहोस )

अन्जुलाई बुझ्नका लागि सन् २०११ मा फर्कनुपर्छ ।त्यसबेला उनको करिअर उत्कर्षमा थियो । ‘न बिर्सें तिमीलाई’ गीतसँगै लोकप्रियताको ग्राफमा उक्लिरहेकी उनी गीतमा आफ्नो भाका मिसाउन सक्थिन्, भाव मिसाउन सक्दैनथिन् । अरुले लेखेको गीत, अरुले निकालेको धुनमा उनको भाव कसरी समेटियोस् ?मनोजराज शिवाकोटीसँगको दाम्पत्य टुट्यो । सानी छोरीलाई लिएर उनी अलग भइन् । घरबार टुटेलगत्तै विरामी परिन् ।
पिनासबाट सुरु भएको रोग घाँटीसम्म पुग्यो ।

स्वर सुक्यो । अन्जु भन्छिन्, ‘त्यसबेला मेरो स्वर सुकेको थियो । मेरो स्वर त सर्पको जस्तै भएको थियो ।’त्यसमा थपियो, माइग्रेन । त्यसपछि मिर्गौलामा समस्या । उनी थिलथिलो भइन् । रोगै रोगले थलिएका उनी जसोतसो तंग्रिँदै थिइन्, अर्को दशा आइलाग्यो ।मान्छेहरु भन्न थाले, ‘अन्जुले हिन्दु धर्मसँग सम्बन्धित गीत नगाउने रे ।’ यो आरोप कहाँबाट पैदा भयो उनले भेउ पाइनन् । तर, त्यसको झटारो उनको मर्ममा पर्‍यो । उनको भवनाका गहिरो घाउ लाग्यो । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस