धुमधामका साथ बाहुनकी छोरी र विश्वकर्माको छोराबीच भयो मागी बिवाह (भिडियो हेर्नुहोस)

समाज अहिले धेरै नै परिवर्तन भइसकेको छ । जातीय विभेद र छुवाछुत लगायतका सामाजिक विभेदहरु ह्वात्तै घट्ने क्रममा छन् । जसको पछिल्लो उदाहरण इटहरीमा देखिएको छ । जहाँ बाहुनकी छोरी र बिश्वकर्माको छोराबीच मागी विवाह भएको छ । इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच परम्परागत रुपमा विबाह सम्पन्न गरिएको छ ।

रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह सम्पन्न भएको हो । समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् । भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस