ज्ञानेन्द्र शाहीलाई अभियानबाट हटाइएपछि भावुक हुँदै खोले विबादको वास्तविक रहस्य (भिडियो)

‘नेपालका लागि नेपाली’ अभियानमा लागेका प्रमुख पात्र ज्ञानेन्द्र शाहीलाई अभियानबाट निष्कासन गरिएको छ । अभियानको प्रमुख एजेन्डा राजतन्त्र नै भएको र उक्त कुरा ज्ञानेन्द्र शाहीले अस्विकार गरेपछि उनलाई निष्कासन गरिएको अभियन्ता डा. सुरेन्द्र भण्डारीले जानकारी गराए ।आफ्नो अभियान नै राजतन्त्र भएको तर शाहीले पछिल्लो समय राजतन्त्रविरोधी र गणतन्त्रको पक्षमा बोल्न थालेपछि निष्कासन गरिएको बुझिएको छ ।

यस अघि अभियानले पर्मानेन्ट इन्स्टुटुसन मात्र भनेपनि राजतन्त्र नै भनेको थिएन ।निष्कासन गर्दै गर्दा ज्ञानेन्द्र शाही भने सुदुरपश्चिममा मिचिएको सिमाको डकुमेन्ट खोज्न दार्चुला लिपुलेकमा थिए । अहिले उनि काठमाडौँ आइसकेका छन । शाहीले सिमा बारे पत्रकार सम्मेलन नै गरेपनि आफ्नो अभियानको विवादबारे भने त्यहा केहि बोलेनन् । तर अहिले एक अन्तर्वार्तामा भने यस विषयमा बोलेका छन । भिडियो :

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस