TRENDING

ट्रिपरले ठक्कर दिदा हजुरबा र ६ वर्षीया नातिनीको मृ’त्यु

मोरङ । विराटनगर महानगरपालिकामा ट्रिपरले टेम्पोलाई ठ’क्कर दिँदा २ जनाको मृ’त्यु भएको छ । महानगरपालिकाको वडा नम्बर १९ स्थित मिलनचोक मंगरबार राति साढे ९ बजे ट्रिपरले टेम्पोलाई ठ’क्कर दिएको हो ।उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई ठ’क्कर दिएको प्रहरीले जनाएको छ । दु’र्घटनामा टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी आरोही सरदारको मृ’त्यु भएको हाे । घ’टनापछि आ’क्रोशित बासिन्दाले टिपरमा आ’गजनी गरेका छन् ।

टेम्पोलाई ठ’क्कर दिने ट्रि’पर चालक पक्राउ परेका छन् । यस्तै महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा ट्रिपरले मोटरसाइकल लाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ ।मंगलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ आइरहेको बी आर ३ एक्स ७७०२ नम्बरको मोटरसाइकललाई जनकपुरतर्फ जाँदै गरेको ना १ क ५८२६ नम्बरको टिपरले ठ’क्कर दिएको हो । दु’र्घटनामा मोटरसाइल चालकमहोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको मृ’त्यु भएको छ । उनको जलेश्वर अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोल।
प्रतिक्रिया दिनुहोस