कलेजमा ११ मा पढ्ने युवतीले अ’बैध सम्बन्धबाट जन्मेको बच्चालाई ट्वाइलेटमा फालेपछि… अस्पतालमा भयो ह’ल्लीख’ल्ली

काठमाडौँ । कक्षा ११ पढ्ने एक किशोरी पेट दु’ख्ने स’मस्या लिएर अस्पताल पुगेकी थिइन्। अस्पतालमा पुगेकी उनले बाथरुममा शिशुलाई जन्म दिइन्। अ’सु’रक्षित प्रसवका कारण जन्मिएपछि शिशुको नि’धन भएको हो। घ’टना सार्वजनिक भएपछि किशोरीका परिवारजन अचम्मित बनेका छन्। किशोरी अविवाहित हुन्। घ’टनाका बारेमा जानकारी पाएपछि अस्पताल पुगेको प्रहरीले उक्त घ’टनाका बारेमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो सबै घ’टना छात्राबासकी अध्यक्ष हेमलता नागका अगाडि भएको हो। उनले उक्त घ’टना द’बाउनका लागि झु’ट बोलेको समाचारमा उल्लेख छ। जस कारण उनलाई निलम्बन पनि गरिएको छ। रिर्पोटका अनुसार १७ वर्षीया छात्रालाई बुधबार पेटको स’मस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। जहाँ उनले एक मृ त बच्चालाई जन्म दिइन्।

छोरी गर्भवती भएको र उनले एक मृ त बच्चालाई जन्म दिएको घ’ट’ना थाहा पाएपछि परिवार अचम्मित बनेका छन्। मामिला प्रेमको हो। रिर्पोटका अनुसार युवतीले दुई वर्षदेखि आफू गाउँकै एक युवकसँग प्रेम सम्बन्धमा रहेको बताएकी थिइन्। अस्पताल प्रशासनले मृ त शिशु युवतीको आमाबाबुलाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार घ’टनाका बारेमा थप अनुसन्धान भइरहेको उल्लेख छ।

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै
राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस