होली खेलेर नुहाउँन बाथरुम छिरेका नेविसंघका सभापति पदम भण्डारी मृ’त अवस्थामा भेटिए

काठमाडौं- नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ।सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन ।

उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। भण्डारी डडेल्धुरा कपडा बैकंका अभियन्ता हुन। उनी डडेल्धुरामा विभिन्न समाजिक कार्यमा संलग्न थिए।

प्रतिक्रिया दिनुहोस