लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु

मौसम बिभागले दियो ड’रलाग्दो सु’चना :स’तर्क बस्नुहोस यी ठाउमा पर्दैछ ज्या’न लिने चट्याङ र मुसलधारे पानी

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलदै, संक्रमितको संख्या यति धेरै पुग्यो

काठमान्डौ , संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा एक जना नेपाली सैनिकको मृत्यु भएको छ।लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ। दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो।उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ। युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।ती शान्ति सैनिक चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए।

प्रतिक्रिया दिनुहोस