कोरोनाले ३८ जनाको मृ’त्यु भएपछि अमेरिकाले चाल्याे अहिलेसम्मकै क’डा कदम, बिश्वभर त’रंग

काठमाडौं । कोरोना भा’इरस सं’क्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्र’तिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्र’तिवन्ध लगाइएको घोषणा गरेका हुन् । बुधबार टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने, ‘हाम्रो क्षेत्रमा नयाँ सं’क्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्र’तिबन्ध लगाएका छौं ।’ एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने ट्रम्पले बताए ।

कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा पनि ट्रम्पले गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन पनि ट्रम्पले संसदलाई आग्रह गरेका छन् । यसअघि ट्रम्पले ट्वीटरमार्फत् भनेका थिए, ‘कोरोना भाइरसको चुनौतीसँग ल’ड्नका लागि संघीय सरकार सबै शक्ति प्रयोग गर्न तयार छ ।’

ट्रम्पले भनेका छन्, ‘हाम्रो श’त्रु समान छ, वास्तवमा कोरोना भा’इरस पूरै विश्वको श’त्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’ अमेरिकामा हालसम्म कोरोना भा’इरस सं’क्रमितको संख्या १ हजार १ ३५ छ । यसैको कारण ३८ जनाको मृ’त्यु भइसकेको छ । विश्वभर कोरोना सं’क्रमितको संख्या एक लाख १ लाख १५ हजार भन्दा बढी पुगिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भा’इरसको सं’क्रमण सबैभन्दा धेरै चीन, इटाली, इरान र कोरियामा पाइएको छ । कोरोना भा’इरसको सं’क्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस