हराएको बहिनि खोजिदिन दाजु द्वारा अपिल ( सेयर गरिदिनुहोला )

काठमाडौं ३० फागुन / गत फागुन ०९ गते महाशिव रात्रीको दिनदेखी हराइरहेकी बहिनी आजको दिनसम्म पनि फेला नपरेको हुँदा दाजुले खोजिदिन अनुरोध गरेको छ । सानैमा बुबाले छाडेपछि आमा सँग रहँदै आएका दाजु बहिनीलाई छाडेर आमापनि विदेश गएपछि उनिहरु ललितपुर स्थित हरिसिद्धिमा बस्दै आएका थिए ।

१३ वर्षीया बहिनी निशा सुन्दास ललितपुर हरिसिद्धिबाट शिवरात्रीदेखि बेपत्ता छिन्। १६ वर्षका दाजु निशानसंगै हरिसिद्धिमा कोठामा बस्दै आएकी थिईन्।

बुवाले सानैमा छाडेर गएपछि आमा रञ्जिता सुन्दास छोराछोरीलाई पाल्न रोजगारीको शिलशिलामा विदेश गएका थिए। बहिनी हराएपछि दाजुलाई पर्नु पिर परेको छ।

प्रहरी प्रशासनमा पनि निवेदन पनि दिएका छन्। दुखको कुरा कुनै खबर आएको छैन। देख्नु हुने फेला पार्नुहुनेले प्रहरी प्रशासन वा दाजुको नम्बर 9828905440 (९८२८९०५४४०) मा सम्पर्क गराईदिनु हुन अनुरोध गर्दछौं

प्रतिक्रिया दिनुहोस