कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

पोखरा, ०२ चैत । कास्कीको लुम्ले आसपासको सिमानामा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्कलको भूकम्पको झट्का महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार राति ८:४५ बजे रेकर्ड गरिएको भूकम्पको केन्द्रविन्दु कास्कीको लुम्ले आसपास रहेको केन्द्रका प्राविधिक नविन विकले बताए ।

‘यो नयाँ भुकम्प हो, ‘विगतका भूकम्पको पराकम्पन होइन’- विकले भने । उनले भूकम्पको धक्का गण्डकी प्रदेश बाहेक काठमाडाैं आसपासका साथै विभिन्न जिल्लामा महसुस गरिएको जानकारी दिए । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भूकम्पपछिको परकम्पन नभएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार नयाँ ठाउँमा भूकम्पको केन्द्रविन्दु मापन गरिएको बताए । भुकम्पको क्षतीका बारेमा जानकारी प्राप्त भएको छैन् । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण सडकमा निस्किएका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस